काठमाडौं—नेकपा (एमाले)को भ्रातृ संगठन रिटर्नी फेडेरेसन नेपालको अध्यक्षमा विनोद भट्टराई सर्वसम्मत निर्वाचित भएका छन ।
शुक्रबार काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले भट्टराई नेतृत्वको कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।
कमिटीको उपाध्यक्षद्वयमा जितेन्द्र बानियाँ, अर्चना बस्नेत रोकाहा, महासचिवमा खेमबहादुर कार्की र उपमहासचिवमा नवराज श्रेष्ठ निर्वाचित हुँदा सचिवहरुमा ज्ञानेश्वर घिमिरे, हेम राई, ज्ञानु खवास, सीता बस्याल निर्वाचित भएका छन ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको महाधिवेशनमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।




















