काठमाडौँ— हालसालै कीर्तिमानी उचाइमा पुगेको सुनको भाउ फेरि भारी गिरावट आउने संकेत देखिएको छ। वैश्विक विश्लेषकहरूका अनुसार सुनको मूल्यमा आगामी दिनमा करिब ३८–४० प्रतिशतसम्म गिरावट आउने सम्भावना छ।


२१ चैतमा नेपालमा सुनको भाउ प्रतितोला १ लाख ८० हजार रुपैयाँ नाघेको थियो। तर अमेरिकी बजार विश्लेषकहरूका अनुसार आपूर्तिमा वृद्धि, मागमा कमी, बजारमा संतृप्ति, र केन्द्रीय बैंकहरूले खरिद सुस्त्याउने योजनाका कारण सुनको मूल्यमा गिरावट आउन सक्ने देखिएको हो।
विशेषज्ञहरूको अनुमान सही सावित भएमा नेपाली बजारमा सुनको भाउ फेरि १ लाख रुपैयाँको आसपास झर्न सक्नेछ। यद्यपि, केही अन्तर्राष्ट्रिय बैंकहरूले भने सुनको मूल्य अझै उकालो लाग्न सक्ने प्रक्षेपण गरेका छन्, जसले बजारमा अनिश्चितता कायम राखेको छ।
