काठमाडौं— कोशी प्रदेश कमिटीद्वारा झापाको दमकमा आयोजित जनजागरण सभामा  विशाल जनसमूहको उपस्थिति देखिएको छ। शनिबार भएको कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ४० हजार भन्दा बढी जनसमूहको उपस्थिति सहभागिता रहेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आयोजना गरिएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट हजारौं नागरिकको सहभागिता रहेको छ।

एमालेले अराजकता र प्रतिगमनको विरोधमा आयोजना गरेको यस कार्यक्रममा सहभागीहरूले पार्टीप्रतिको आफ्नो समर्थन प्रकट गरेका छन्। सभामा नेकपा एमालेका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ, जसमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता रहेका थिए ।

कार्यक्रमले एमालेको राजनीतिक अभियानलाई थप सशक्त बनाउने र आगामी दिनमा जनसरोकारका विषयमा जागरण ल्याउने विश्वास गरिएको छ।

सभामा सहभागी जनसमुदायले पार्टीप्रतिको समर्थनलाई प्रदर्शन गर्नुका साथै लोकतन्त्र र विकासका एजेन्डालाई अघि बढाउन एमालेको भूमिकाको प्रशंसा गरेका छन्।

जागरण सभाको मुख्य उद्देश्य अराजकता र प्रतिगमनको विरोध गर्नुका साथै जनतामा लोकतान्त्रिक मूल्य र विकासको चेतना फैलाउनु रहेको एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले उदघोस गरेका छन् ।

जनजागरण सभा नेकपा एमालेका लागि महत्त्वपूर्ण मानिएको छ, कार्यक्रममा देखिएको उत्साहले पार्टीको संगठनात्मक शक्ति र जनताको समर्थनलाई पुष्टि गरेको जागरण सभा सहभागि एमाले मोरङका नेता भक्तकिरण राईले प्रतिक्रिया दिए ।

490709930_1231553818334171_1228911747908347403_n

489840233_1231553215000898_7651385246197038637_n