काठमाडौँ— नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान पुर्याएका ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको निर्णयबारे जानकारी दिँदै भने, "यसपटकको पार्टी स्थापना दिवसमा विगत वर्षमा झैँ कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिने विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने निर्णय गरेका छौँ।"
ज्ञवालीका अनुसार लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) लाई सम्मानित गरिनेछ ।




















