काठमाडौँ—नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिए पनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन्। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिएका हुन्।

“आज  वैशाख १२ गते नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ। तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ,” उनले सामाजिक सञ्जाल फेसबुकमा भने।

सुवेदीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको पनि स्पष्ट पारे। नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिन जानु मात्रै आफ्नो उद्देश्य भएको दाबी गर्दै वार्ताबारे कुनै अन्य सूचना दिनुभएको छैन।