काठमाडौं—शिक्षामन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षक महासंघका नेताहरूबीच वार्ता सुरु भएको छ। हिजो राति अबेरसम्म चलेको वार्तालाई आज पुनः ढिला गरी निरन्तरता दिइएको हो।

वार्तामा शिक्षक महासंघका अध्यक्ष, उपाध्यक्षसहित चारजना प्रतिनिधि सहभागी छन्। सरकारका तर्फबाट शिक्षामन्त्री पन्तलाई शिक्षा मन्त्रालयका सचिवले साथ दिएका छन्।

 वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् । सिंहदरबारमा शिक्षामन्त्री पन्तसहितका पदाधिकारीहरुसँग जारी वार्तामा गृहमन्त्री लेखक पनि सामेल भएका हुन् ।

आजको वार्ताबाट ठोस निस्कर्ष निस्कने अपेक्षा गरिएको छ।