काठमाडौं— २०७९ सालको निर्वाचनबाट उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे एकता घोषणा कार्यक्रम आयोजना हुनेछ।

नयाँ पार्टीको नाम नागरिक जनमत रहनेछ। पार्टी अध्यक्षमा सीके राउत र सह–अध्यक्षमा रञ्जिता चौधरी रहनेछन्। पार्टी संरक्षकको जिम्मेवारी रेशमलाल चौधरीले सम्हाल्नेछन्।

नाउपाका नेता रामलाल डगौराका अनुसार, पार्टीको केन्द्रीय समिति ७०० सदस्यीय हुनेछ। जनमत र नाउपाबाट समान रूपमा ३५०–३५० जना सदस्य चयन गरिनेछ। ५० सदस्यीय पदाधिकारीमा दुवै पक्षबाट २५–२५ जना प्रतिनिधित्व हुने व्यवस्था हुनेछ।