अछाम—नेकपा एमाले अछाम जिल्ला कमिटीको ९औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले शिवप्रसाद उपाध्यायको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।
जिल्ला अध्यक्षमा उपाध्याय चयन भएका छन् भने तिलक कुवर उपाध्यक्षमा चयन भएका छन् । पार्टी सचिवको जिम्मेवारी हिरण्ड भट्टराईलाई दिइएको छ ।
साथै दुई जना उपसचिवहरू चयन भएका छन् — टोपबहादुर शाही र गौमती शाही । साथै सदस्यहरुको नाम पनि सार्वजनिक गरिएको छ । गत शनिबार पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले अधिवेशनको उद्घाटन् गरेका थिए ।
कार्यक्रममा एमालेका प्रदेश र केन्द्रका नेताहरूको उपस्थिति रहेको थियो । यस अधिवेशनलाई एमाले अछामको सांगठनिक रूपान्तरणका रूपमा हेरिएको छ।
नवगठित समितिले जिल्लामा पार्टीको प्रभाव र उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।























