काठमाण्डौं—नेकपा (एमाले) सुनसरी काठमाण्डौं सम्पर्क मञ्चले नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पदम लिम्बूलाई सम्मान गरेको छ । 

शनिबार मञ्चको कार्यालय च्यासल ललितपुरमा आयोजित भित्ते पात्रो सार्वजनिक तथा शुभकामना आदानप्रदान तथा शेयर मार्केट बारे प्रशिक्षण कार्यक्रमको अवसरमा हालै सम्पन्न बारको केन्द्रीय निर्वाचनमा सुनसरी धरान निबासी लिम्बूलाई सम्मान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लालबाबु पण्डितले सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो । 

WhatsApp Image 2025-05-03 at 13.46.22_9fc914c5कार्यक्रममा नयाँ वर्ष २०८२ को भित्ते पात्रो सार्वजनिक गरिएको छ । सुनसरीका विभिन्न पर्यटकिय स्थलहरुको तस्बिर सहित प्रकाशन गरिएको भित्ते पात्रो प्रमुख अतिथि पार्टीका केन्द्रीय नेता तथा पार्टी कोशी प्रदेशका नेताहरुले सामुहिक रुपमा सार्वजनिक गरिएको हो । 

कार्यक्रममा शेयर मार्केट विशेषज्ञ महेश रिजाल र कृष्ण गिरीले प्रशिक्षण प्रदान गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि सहित पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य भगवती चौधरी, धरानका पूर्व नेकपा एमाले केन्द्रीय सदस्य मन्जु भण्डारी, नेकपा एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारी, नेकपा एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राई सम्मानित व्यक्तत्व लिम्बू लगायतका नेताहरुले शुभकामना व्यक्त गरेका थिए । 

WhatsApp Image 2025-05-03 at 13.46.24_b7e91d53मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति रमेश विष्टले जिल्लाबाट विभिन्न उदेश्यले काठमाण्डौंमा बसोबास गर्नुहुने पार्टीका सदस्य, शुभचिन्तक तथा नागरिकहरुलाई काठमाण्डौंमा हरेक हिसावले समेट्दै वहाँहरुको काममा सहयोग पुर्याउने र पार्टीको कामलाई व्यवस्थित गर्न सम्पर्क मञ्चले भूमिका खेलिरहेको बताए ।

WhatsApp Image 2025-05-03 at 13.46.24_4d1058f7