काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यसहित तीन जना नेताहरू आइतबार नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई पार्टीमा स्वागत गरे। एमालेमा प्रवेश गर्ने नेताहरूमा नेकपा एसका केन्द्रीय सदस्य अब्दुल खान, केन्द्रीय प्रतिनिधि परिषद् सदस्य ऋषि गजुरेल, र बागमती प्रदेश सदस्य शैलेन्द्र राउत रहेका छन्।
महासचिव पोखरेलले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको विचार, संगठन र नेतृत्वको प्रभावकारीताप्रति विश्वास गर्दै आएका नेताहरूलाई स्वागत गरेका हुन्। उनले एमाले पार्टीमा प्रवेश गर्नेहरूले पार्टीलाई अझ सशक्त बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।




















