काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति भएको यस घटनापछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो।

अस्पताल स्रोतका अनुसार, प्रचण्डको टाउको र निधारमा सामान्य चोट लागेको छ। चोटका लागि टाँचा लगाइएको भए पनि उनको अवस्था सामान्य रहेको र थप स्वास्थ्य जोखिम नरहेको जनाइएको छ।

घटनापछि नेता प्रचण्डलाई स्वास्थ्य लाभको शुभेच्छा व्यक्त गर्न थुप्रै नेताहरूले अस्पतालमा भेटघाट गरेका छन्।