विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिकामा पहिलोपटक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरिएको छ।

नगरपालिकाभित्रका विद्यालयमा पठनपाठन, व्यवस्थापन, र शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी बनाउन शिक्षा, युवा तथा खेलकुद उपशाखा र विद्यालयका प्रधानाध्यापकहरूबीच ३९ बुँदामा आधारित सम्झौता गरिएको हो।
नगर शिक्षा उपशाखाका अनुसार सम्झौताले विद्यालयस्तरका दैनिक कार्यहरूलाई थप सहज बनाउने र शिक्षण–सिकाइ प्रक्रियालाई व्यवस्थित तथा नतिजामुखी बनाउने विश्वास गरिएको छ।


शिक्षा, युवा तथा खेलकुद उपशाखाले यसलाई “सुरुआती अभ्यास” को रूपमा लिएको छ। साथै, आगामी शैक्षिक सत्रहरूमा आवश्यकताअनुसार सम्झौताका बुँदाहरू संशोधन, परिमार्जन र थपघट गरिने बताइएको छ।
- यी हुन् ३९ वटा बुँदाहरु