मोरङ—रुस–युक्रेन युद्धले नेपाली समुदायमा पुनः पीडा थपेको छ। रुसको सेनामा भर्ती भई युद्धमा खटिएका थप २३ जना नेपालीको मृत्यु पुष्टि भएको छ। योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुगेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यता मस्कोस्थित नेपाली दूतावासले पठाएको विवरणका आधारमा थप २३ जनाको मृत्यु पुष्टि भएको हो। युद्धमा मारिने केही नेपालीको परिचय खुलेको भए पनि १० जनाको ठेगाना अझै अज्ञात छ।
मृतक नेपालीहरुको नामावली सार्वजनिक गरिएको छ, जसमा मोरङको बेलबारीका रोनल मिश्रको नाम समेत समावेश छ।
मृतक नेपालीहरुको सूची:
ठेगाना खुलेका:
- हेमकुमार मगर, नवलपरासी
- ललितसिंह डोबल, दार्चुला
- ताराप्रकाश घर्ती, सल्यान
- रामकृष्ण अधिकारी, संखुवासभा
- गीतबहादुर घर्तीमगर, कास्की
- मख्खनबहादुर पुन, बागलुङ
- रामकुमार प्रधान, मकवानपुर
- रोनल मिश्र, मोरङ
- भीमबहादुर घर्तीमगर, प्यूठान
- छमबहादुर घर्ती, म्याग्दी
- अर्जुनदत्त भट्ट, बैतडी
- सुजन शर्मा, सुर्खेत
- रामकुमार बुढामगर, रुकुम पश्चिम
ठेगाना नखुलेका:
- लरबहादुर बुढा
- नेत्रबहादुर थापा
- विकास राई
- रूपक राई
- महेन्द्र मल्ल
- अशोक जीसी
- अमृत थापा आलेमगर
- उदयराज थारू
- प्रितम राई
- प्रेमबहादुर लुंगेलीमगर
डीएनए परीक्षणको प्रतिक्षा
रुस–युक्रेन युद्धमा हराएका थप ५० जना नेपालीको डीएनए परीक्षणको रिपोर्ट आउन बाँकी छ। ती रिपोर्टपछि मृत्यु हुने नेपालीको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।
परराष्ट्र मन्त्रालयले घटनाको गहिरो अध्ययन गर्दै परदेशमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि थप कदम चाल्ने प्रतिबद्धता जनाएको छ।
रुस–युक्रेन युद्धमा नेपालीहरुको मृत्युको घटना झन् गम्भीर बन्दै गएको छ। यसले युद्ध क्षेत्रमा रहेका नेपाली युवाहरुको अवस्थाप्रति ध्यान पुर्याउन सरकार र सम्बन्धित निकायलाई चुनौती खडा गरेको छ।



















