आज, जेठ ३ गते, नेपाली राजनीतिका दुई महान व्यक्तित्वहरू जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औं स्मृति दिवस मनाइँदैछ। सन् १९९३ मा भएको दासढुंगा दुर्घटनामा यी दुई नेताहरूको असामयिक निधन भएको थियो।
जननेता मदन भण्डारीले "जनताको बहुदलीय जनवाद" (जबज) को परिकल्पना गरी नेपाली राजनीतिमा एक नयाँ आयाम थप्नु भएको थियो। त्यस्तै, जीवराज आश्रितले संगठनात्मक सुदृढीकरणमा अतुलनीय योगदान पु¥याउनु भएको थियो। उहाँहरूको योगदानलाई सम्मान गर्न देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
११,६८९ दिन बितिसक्दा पनि मदन भण्डारी र जीवराज आश्रितको योगदानप्रति नेपाली जनताको आदर र सम्मान कायमै छ। आज उहाँहरूको स्मृति दिवसको अवसरमा देशभर श्रद्धाञ्जलीका कार्यक्रम आयोजना गरिएका छन्।
जननेताहरूको योगदानलाई जीवित राख्न र उहाँहरूको दृष्टिकोणलाई व्यवहारमा लागू गर्न, राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तिहरूले उहाँहरूको आदर्शलाई आत्मसात् गर्न आह्वान गरेका छन्।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल दुर्घटनाको दिनको स्मरण गर्दै लेख्नुहुन्छ,-हामीले हाम्रा दुई नेताहरू, जननेता मदन भण्डारी र संगठन विभागका तत्कालीन प्रमुख जीवराज आश्रितलाई एकै साथ गुमायौँ। मेरो स्मरणमा अझै ताजै छ — त्यस दिन केन्द्रीय कार्यालयको तर्फबाट दासढुंगामा पुग्ने पहिलो टोलीको संयोजन मैले गरेको थिएँ। विनोद श्रेष्ठ र केशवराज पाण्डे टोलीमा हुनुहुन्थ्यो — शैलेन्द्रजंग थापाले आफैं गाडी चलाउनु भएको थियो। त्यो दिनको पीडा र शोक अझै पनि स्मरणमा छ।" भावपूर्ण श्रद्धाञ्जली!



















