काठमाडौं– भ्रष्टाचार मुद्दामा मुछिएका नेपाली कांग्रेसका नेता तथा निलम्बित प्रतिनिधिसभा सदस्य मोहन बस्नेतले ठोकर्पा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्ने भएका छन्।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२, ठोकर्पामा निर्मित स्वास्थ्य चौकी भवनको बस्नेतले आगामी जेठ ६ गते उद्घाटन गर्दैछन् ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिले बस्नेतलाई उद्घाटन समारोहका प्रमुख अतिथि बनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका बस्नेतलाई टेरामक्स प्रणाली खरिद प्रकरणमा अभियुक्त बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।