काठमाडौँ—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमाथि सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको रिट निवेदनमाथि मङ्गलबारदेखि सुनुवाइ जारी छ।
बुधबार, न्यायाधीश सुवेदीको संवैधानिक इजलास परेकाले सुनुवाइ रोकिएको थियो। आज वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले लामिछानेको पक्षबाट बहस गरे। त्यसपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरे।
सरकारी वकिलको तर्फबाट बिहीबार गोविन्द खनाल, लोकराज पराजुलीलगायतले बहस गरे। भोलि सरकारी वकिलहरूको बहस सकिएपछि पीडित पक्षका कानुन व्यवसायीले आफ्नो बहस प्रस्तुत गर्नेछन्। त्यसपछि जवाफी बहस सुरु हुनेछ।




















