काठमाडौं—अमेरिकाको सान डिएगोमा एउटा विमान दुर्घटनामा परेको छ । आवासीय क्षेत्रमा उक्त विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ३ः४५ बजे विमान दुर्घटना भएको बताइएको छ ।

बीबीसीका अनुसार उक्त विमान आवासीय क्षेत्रका धेरै घरहरूमा ठोक्किएको थियो । जसकारण घरहरूमा आगलागी भएको बीबीसीले जनाएको छ ।