विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिका-७, खोरिया स्थित पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार ३० वर्षीय पूर्णकाजी विकको आज (बुधबार) बिहान मृत्यु भएको हो ।
स्थानीयहरूले पैनीमा डुबेको देखेर प्रहरीलाई जानकारी दिएका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलबारीमार्फत गछियास्थित प्रहरी चौकीबाट टोली घटनास्थलमा परिचालन गरिएको थियो।
घटनास्थलको प्रारम्भिक अवस्था बुझ्दै थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



















