काठमाडौं—गृहमन्त्री रमेश लेखकको पत्रकार सम्मेलन सुरु भएको छ ।भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले आफ्नो राजीनामा मागेर सदन अवरोध जारी राखेपछि मन्त्री लेखकले आज पत्रकार सम्मेलन गरेका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्न्ता भनिएको कुरा असत्य र बेठिक रहेको दाबी गरे । उनले आफ्नो कुनै संलग्नता नभएको दाबी गरे । उनले आफूमाथि षड्यन्त्र गरेर आक्रामण गरिएको बताए । उनले अख्तियारलाई यो प्रकरणमा स्वतन्त्र निश्कर्षमा पुग्न दिनुपर्ने आफ्नो मत रहेको स्पष्ट पारे ।

गृहमन्त्री लेखकले भिजिट भिषा प्रकरणमा ससंदमा कुरा राख्न नपाए पत्रकार सम्मेलन गरेर कुरा राख्ने बताएका थिए  । गृहमन्त्री सचिवालय स्राेतका अनुसार गृहमन्त्री लेखकले सुरुमा संसदमा बाेल्न प्रयास गर्ने र नपाए ल्हाेत्से हलमै पत्रकार सम्मेल गर्ने तयारी गरेका थिए ।