काठमाडौँ— इँट्टाभट्टामा मानिसलाई ज्युदै जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताव आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएपछि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन्।
श्रेष्ठले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जन्मकैद सजाय पाएका आलमलाई सफाइ दिने निर्णय गर्ने न्यायाधीशहरूको कदमप्रति असन्तुष्टि जनाउँदै ती न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै नबिर्सने टिप्पणी गरेका छन्। उनले उक्त निर्णयलाई नेपालको न्यायिक इतिहासमा कलंकका रूपमा रहेको बताए।
बुधबार उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत रौतहटको निर्णय उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो।
यो घटनाले न्यायालयप्रति जनतामा विश्वासको संकट उत्पन्न भएको श्रेष्ठको भनाइ छ।




















