बेंगलोर— भारत मंगलबार साँझ चिन्नास्वामी स्टेडियमको गेट नम्बर १ बाहिर भीडमा भागदौड मच्चिंदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन्।

घटना त्यतिबेला भएको हो जब रॉयल च्यालेन्जर्स बैंगलोर (आरसिबि ) टोलीले आइपिएल जितेको उत्सव मनाउँदै थिए। आरसीबीको विजय जुलुसका क्रममा हजारौं दर्शक स्टेडियम बाहिर जम्मा भएका थिए।

मंगलबारको साँझको मौसमले परिस्थिति थप जटिल बनायो। वर्षा सुरु भएपछि भीड नियन्त्रण गर्न कठिन भयो, जसका कारण भागदौडको स्थिति सिर्जना भयो।

प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका थिए। घाइतेलाई तत्काल नजिकैको अस्पतालमा लगिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।