काठमाडौँ —पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट आज औपचारिक रूपमा सार्वजनिक गरिएको छ। उक्त वेबसाइटमा भण्डारीको जीवन यात्रा, राजनीतिक योगदान, राष्ट्रपतिको रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरहरू, प्रमुख सम्बोधन, प्रकाशित सामग्री तथा दस्तावेजहरू समेटिएका छन्।
सर्वसाधारणका लागि सहज पहुँच योग्य हुने गरी तयार पारिएको वेबसाइटले भण्डारीले लोकतान्त्रिक मूल्य, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवद्र्धनमा पुर्याएको योगदानलाई स्मरणीय तथा सन्दर्भयोग्य बनाउने लक्ष्य राखेको छ।
समकालीन राजनीति, इतिहास, र समावेशी नेतृत्वमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आम नागरिकका लागि वेबसाइट सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने अपेक्षा गरिएको छ।
वेबसाइटमा समावेश सामग्रीहरूलाई समयानुकूल थप, परिमार्जन र अद्यावधिक गर्दै लैजाने योजना रहेको पनि सार्वजनिक जानकारीमा उल्लेख गरिएको छ।



















