काठमाडौँ — मोरङको केराबारी गाउँपालिका–८ निवासी डम्बरबहादुर सार्कीले जीवित छोरालाई मरेको घोषणा गर्दै आफैँ किरियापुत्री बनेर काजकिरिया बस्दा एक भावनात्मक रूपमा झस्काउने घटना बाहिरिएको छ। उनका छोरा वीर अस्पताल, काठमाडौँमा उपचाररत अवस्थामा रहेका छन् भने बुबा भने गाउँमा छोराको मृत्युदाह संस्कार गरिसकेको भन्दै कोरामा बसेका थिए।

घटनाले स्थानीय तहदेखि सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई पनि चकित तुल्याएको छ। प्रारम्भिक अनुसन्धान अनुसार डम्बरबहादुरका छोराले विष सेवन गरेका थिए। उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो तर उपचारका लागि आवश्यक रकम अभावका कारण बाबु डम्बरबहादुरले छोराको अबस्था “गम्भीर” देखेर मर्छन् भन्ने ठानेका थिए। त्यसपछि उनले परिवार र गाउँलेलाई मरेको झुटो जानकारी दिँदै आफैले पशुपतिमा दाहसंस्कार गरिसकेको दाबी गरेका थिए।

523493343_1322223199909195_4994881690418446943_nस्थानीयहरूले शंका व्यक्त गरेपछि सञ्चारकर्मी र प्रहरीको टोलीले वीर अस्पतालमा खोजी गर्दा युवक जीवितै भएको पुष्टि भयो। अस्पताल स्रोतका अनुसार युवकको अवस्था गम्भीर भए पनि उपचार सम्भव छ।

डम्बरबहादुरले सोधपुछका क्रममा भने, "पैसा थिएन, छोरा मर्छ भन्ने लाग्यो, के गरुँ भनेर निस्कन सकेन।"

यो घटनापछि उनीलाई काजकिरिया स्थगित गराई पुनः काठमाडौँ पठाइएको छ ताकि उनी छोराको उपचारमा सक्रिय हुन सकून्।

स्रोत:केराबारी अनलाइन