उदयपुर — उदयपुर जिल्लामा नेकपा (एमाले) प्रतिको जनआकर्षण तीव्र रूपमा बढ्दै गएको छ। समृद्धि र राष्ट्रियताको रक्षाको लागि एमाले मात्र विकल्प रहेको जनाउँदै अन्य दल परित्याग गरी नागरिक एमाले प्रवेशमा जुटिरहेका छन्।
यसै क्रममा चौदण्डीगढी नगरपालिका–३ स्थित राजानागीमा ७२ जना स्थानीय नेता तथा कार्यकर्ता माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन्।
उनीहरुलाई एमाले केन्द्रीय सदस्य अम्बिका थापा, उपाध्यक्ष तथा नगर प्रमुख कालुमान लामा, र सचिव टेकबहादुर राउत लगायत नेताहरुले औपचारिक रूपमा पार्टीमा स्वागत गरे।
पार्टीमा प्रवेश गर्नेहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले देखाएको ‘समृद्ध नेपाल’ को सपना साकार पार्न एमालेको एकल सरकार आवश्यक रहेको जनाउँदै, अब मुलुकलाई ‘एमालेमय’ बनाउन आह्वान समेत गरेका छन्।
यसअघि पनि चौदण्डीगढी नगरपालिकाभरबाट ७ सयभन्दा बढी व्यक्ति विभिन्न दल त्याग गरी एमालेमा प्रवेश गरिसकेको पार्टी स्रोतको दाबी छ।




















