विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसले ‘टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। क्याम्पसले २०८२/०८३ को नयाँ भर्ना अभियान अन्तरगत ‘टिकटक प्रतियोगिता आयोजना गर्ने भएको हो । 

क्याम्पस प्रशासनले उक्त  प्रतियोगितामा सहभागी हुन विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई आह्वान गरेको छ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारी हस्ताक्षर गरेको सूचनामा प्रतियोगितामा सहभागी हुने टोली कम्तीमा ५ जनाको समूहमा हुनुपर्ने र तयार पारिएका टिकटक  भिडियो क्याम्पसको भर्ना सम्बन्धी सन्देशमूलक हुनुपर्ने उल्लेख छ। भिडियो अधिकतम १ मिनेट २० सेकेण्डको मात्र हुने र त्यसमा क्याम्पसका शैक्षिक गतिविधि, पूर्वाधार, पुस्तकालय, ई-लाइब्रेरी, प्रयोगशाला, कम्प्युटर र परीक्षा हल, खेलकुद, अनुसन्धान लगायत समेटिनुपर्ने जनाइएको छ।

प्रतियोगिताका भिडियोहरू फेसबुकमा समेत अपलोड गर्नुपर्नेछ। फेसबुकमा  अपलोड भएका भिडियो ५० प्रतिशत र टिकटकमा अपलोड भएका भिडियो १०० प्रतिशत हेर्दा भियूज,शेयर,लाइक र भिडियो कन्टेन्ट क्वालिटीका आधारमा मुल्यांकन हुने जनाइएको छ।

प्रतियोगितामा सहभागी हुने समूहहरूले तयार पारेका भिडियोहरू क्याम्पसले तोकेको वाट्सऐप नम्बर ९८५२२४५९४५ मा पठाउन सकिने छ । त्यसका साथै टिकटक र फेसबुक आइडी पनि उल्लेख गर्नुपर्नेछ।

क्याम्पस प्रशासनले भदौ १० गते बिहान ९:०० बजेभित्र पोस्ट गरिएको भिडियोहरूको मूल्यांकन गर्ने जनाएको छ। उत्कृष्ट तीन समूहलाई नगद पुरस्कार स्वरूप ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिनेछ।

May be an image of text