कोशी— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका सभापति रामचन्द्र बस्नेत बलात्कार आरोपमा पक्राउ परेका छन्।

सोलुखुम्बु प्रहरीले बस्नेतलाई साउन १९ गते काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको हो।

प्रहरी निरीक्षक विकास राईका अनुसार बस्नेतमाथि  २०८१ साल साउन ६ गते स्थानीय फरक क्षमता(सुस्त मनस्थितिकी) महिलालाई बलात्कार गरेको अभियोग छ।

प्रहरीका अनुसार उनलाई जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।