मोरङ — मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना खोलाको फलामे पुलमा एक १६ वर्षीया किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार कानेपोखरी गाउँपालिका–७ घर भई हाल सुन्दरहरैंचा–१० मा बस्दै आएकी बविता विक बुधबार राति करिब ११ बजे पुलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।
घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शव पोष्टमार्टमका लागि पठाइएको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयले रातिको समयमा पुलमा युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनाको प्रकृति, कारण र पृष्ठभूमिबारे अनुसन्धान भइरहेको जनाएको छ। मृतकको परिवार तथा स्थानीयहरूसँग पनि सोधपुछ भइरहेको छ।



















