झापा — झापाको कनकाई नगरपालिका–३, सुरुङ्गा बजारस्थित क्याम्पस रोडमा रहेको डेरामा बुधबार बिहान ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा घरका सबै सामान नष्ट भएका छन्।

विहान ६:३० बजे भएको आगलागीमा ८१ वर्षीया बाटुलिमाया दाहाल गम्भीर घाइते भएकी छन्। उनका शरीरको ३० प्रतिशत भाग जलेको जनाइएको छ। अहिले उनको उपचार भद्रपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ।

आगलागी नियन्त्रणका लागि शिवसताक्षी नगरपालिका र बिर्तामोड नगरपालिकाको दमकल, सुरुङ्गा प्रहरी, नगर प्रहरी, पत्रकार तथा स्थानीयवासीको सहयोगमा प्रयास गरिएको थियो।

दुर्घटनाको कारण ग्यास सिलिन्डर लिक भएर भएको प्रारम्भिक अनुमान गरिएको छ। थप विवरण आउन बाँकी छ।