माडौँ—त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पठनपाठन छठ पर्वपछि मात्रै सुरु हुने भएको छ।
विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१, असोज १, २ र ५ तथा कार्तिक ९ गतेका दिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको जनाएको छ।
सूचनामा भनिएको छ, “नियमित पठनपाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।”
यस निर्णयसँगै त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पस र विभागहरूमा हालको अवकाश अवधि लामो बनेको छ।




















