काठमाडौँ —नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई ‘भ्रम नफैलाउन’ आग्रह गरेका छन्।
एमाले भाद्र २३ र २४ गतेका घटनाबारे निष्पक्ष र न्यायिक छानबिनको पक्षमा रहेको स्पष्ट पार्दै सचिव भट्टराईले, प्रधानमन्त्री बन्न चाहना राख्नुभएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई “भ्रम नफैलाउन” आग्रह गरेका हुन् ।
आफूहरू संवैधानिक बाटोमै अडिग रहेको र कुनै पनि विकल्प संविधानको परिधिभित्रै खोजिनुपर्नेमा जोड दिँदै भट्टराईले भने, “हाम्रो जोड विकल्प संवैधानिक बाटोबाट होस् भन्ने हो।”




















