रुपन्देही — जेन–जी आन्दोलनका क्रममा बुटवलको भाटभटेनी सुपर मार्केटमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि कालिका मानवज्ञान स्कुल, बुटवलले आफ्ना शिक्षक शिवशंकर शुक्लालाई बर्खास्त गरेको छ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा शुक्ला भाटभटेनीमा भएको तोडफोड र चोरीमा संलग्न रहेको फोटो सार्वजनिक भएपछि विद्यालय प्रशासनले तत्काल निर्णय गरेको हो।
विद्यालयका प्राचार्य दिनेश थापाले जारी गरेको सूचनामा भनिएको छ, "विद्यालयको आचरण संहिता विपरीत गतिविधिमा संलग्न भएको प्रमाणित भएकाले उनलाई आजैका मितिदेखि हटाइएको छ।"



















