काठमाडौं – काठमाडौं महानगरपालिकाले शनिबार सूचना जारी गर्दै सोमबारदेखि महानगरभित्रका विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। सुचनामा विद्यार्थीसँगै मनोसामाजिक परामर्श पनि सञ्चालन गर्न निर्देशन दिइएको छ।
सूचना अनुसार, सबै शिक्षक र कर्मचारी आइतबारदेखि विद्यालयमा उपस्थित हुनेछन्, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने आग्रह गरिएको छ।
महानगरपालिकाले अभिभावकले आफ्ना विद्यार्थीलाई विद्यालयमा ल्याउने जिम्मा लिए र परिस्थिति सामान्य देखिएमा, त्यस्ता विद्यार्थीलाई सोमबारदेखि कक्षा सञ्चालन गर्न अनुमति दिने जनाएको छ। विद्यालयमा अभिभावकसहित आउन नसक्ने विद्यार्थीको लागि भर्चुअल कक्षाको व्यवस्था मिलाउन सकिने छ।
महानगरका अनुसार, आइतबार शिक्षक तथा कर्मचारीले विद्यालयमा उपस्थित भई प्रशासनिक काम, सरसफाई, क्षतिपूर्ति निरीक्षण र अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने कार्य गर्नुपर्नेछ। अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्यमा अभिभावकहरूले ध्यान दिन आग्रह गरिएको छ।




















