हेटौँडा — हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि आइतबार बिहान आक्रमण भएको छ।
मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काका अनुसार आइतबार बिहान करिब १० बजे हेटौँडा–२, बुद्ध चोकमा साथीहरूसँग बसिरहेका बेला उपप्रमुख बानियाँमाथि आक्रमण गरिएको हो।
‘उपप्रमुख बानियाँलाई सामान्य चोट लागेको छ,’ एसपी खड्काले बताए। उनका अनुसार आक्रमण गर्ने हेटौँडा–२ निवासी ५१ वर्षीय पुरुषोत्तम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार खड्काले यसअघि नेता विरोध खतिवडामाथि पनि आक्रमण गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















