विराटचोक — मोरङको सुन्दरहरैंचा नगरपालिकाले कार्यालयमा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचानका लागि सहयोग गर्न नगरवासीलाई आग्रह गरेको छ।
नगरपालिकाले घटनामा संलग्न वा सो कार्यमा प्रोत्साहन/उत्तेजना दिने व्यक्तिहरूको फोटो, भिडियो, सामाजिक सञ्जालमा गरिएको स्टाटस, कमेन्ट र सेयर संकलन गरी प्रमाणका रूपमा उपलब्ध गराउन अनुरोध गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेद्वारा जारी सूचनामा भनिएको छ। ‘‘उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नगरपालिकाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्न प्रयोजनार्थ आवश्यक फोटो, भिडियो पठाइदिन सबैलाई आह्वान गर्दछु।’’ घटनाका प्रमाणहरू [email protected] मा पठाउन वा ९८५२०१६९६९ नम्बरको WhatsApp प्रयोग गर्न सकिनेछ। नगरपालिकाले जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने स्पष्ट पारेको छ।




















