जनकपुरधाम — जेन–जी आन्दोलनका क्रममा जनकपुरधाममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
धनुषा प्रहरीले भदौ २४ गतेको प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्न रहेकाहरूलाई पहिचान गरी नियन्त्रणमा लिएको जनाएको छ। धनुषा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको छ।



















