काठमाडौँ — जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित देशभरका सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति भएको छ। भदौ २३ र २४ गते आन्दोलन उग्र हुँदा जलेका भवनहरूको सरसफाइ र मर्मत कार्य भइरहेको छ।

सो क्रममा विभिन्न जलेका भवनहरूमा मानव अस्थिपञ्जर फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले ती अस्थिपञ्जरको पहिचान हुन नसकेको जानकारी दिंदै नागरिकहरूमार्फत सहयोगको अपिल गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहराले विज्ञप्ति जारी गर्दै अस्थिपञ्जरको पहिचान र सम्बन्धित परिवारसम्म जानकारी पुर्‍याउन सबैको सहयोग आवश्यक भएको बताएका छन्।