काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग भेटघाट तथा छलफल गरेकी छन्।
विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेको भन्दै प्रधानमन्त्री कार्कीले डा. रुइतलाई सरकारमा सहभागी हुन आग्रह गरेकी थिइन्।
जवाफमा डा. रुइतले सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए पनि आफू मन्त्रीका रूपमा सहभागी हुन नसक्ने प्रष्ट पारे। “म अस्पताल र बिरामीलाई छाड्न सक्दिनँ,” उनले भने।
‘जेनजी’ आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चले पनि डा. रुइतले चिकित्सकीय पेशामार्फत नागरिक सेवामा निरन्तर रहने बताएका छन्।




















