काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ।

ईण्डियन आयल कर्पोरेशनले भारतमा पेट्रोलियम पदार्थको मूल्य बढाए पनि नेपालमा मूल्यमा कुनै परिवर्तन गरिएको छैन। भारतबाट पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ वृद्धि भएको जानकारी आएको थियो।

\नेपाल आयल निगमले मूल्य यथावत राखेर उपभोक्तालाई राहत दिएको जनाएको छ।