- प्रदीप ज्ञवाली, एमाले उपमहासचिव 

छानो बनाएर हुन्छ कि जस्तापाता लगाइदिएर हुन्छ कि केही नभएर हुन्छ कि एक छाक खाना खुवाएर हुन्छ कि सुरक्षाकर्मीको सहयोगमा खटिनु होला।

कुनै बेला तपाईं हर्षित हुनुहुन्छ। त्यस्तो बेलामा वचन नलगाउनु। आवेगमा हुँदा जवाफ नफर्काउनु। उदास भएको बेलामा कुनै निर्णय नलिनुहोस्।

अहिलेको घटनाको समीक्षा समयमा हुन्छ। नयाँ ढंगले अघि बढ्ने कुराको पनि समीक्षा हुनेछ। हाम्रा भित्री कुराबारे कुरा चर्चा हुनेछ।

यो आन्दोलनको पृष्ठभूमिमा सतहमा देखिएका भन्दा धेरै गहिरा योजना र कारणहरू छन्। अहिलेको योजना बनाउनेहरू अझै रोकिनेवाला छन्। यो पार्ट–१ मात्रै हो। अर्को पार्टको पनि तयारी भइरहेको छ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जब हामी ३३ सिटमा सिमित भयौँ, त्यसबेला धेरैले निष्कर्ष सुनाए – ‘अब आन्दोलन सकियो।’ तर मैले त्यसबेला एउटा आर्टिकल लेखेको थिएँः ‘फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन’।

फिनिक्स भन्ने पंक्षीको कुरा ग्रन्थमा लेखिएको छ। एउटा सुन्दर चरा, जुन लामो समय बाँचेर उचाइसम्म उड्न सक्छ, उड्दै जाँदा आफ्नै पखेटामा आगो लागेर खरानी हुन्छ। तर त्यो चरा फेरि त्यही खरानीबाट पुनर्जीवन पाउने वरदान पाउँछ।

एमालेलाई पनि त्यो वरदान नेपाली जनताले दिएका छन्। खरानीमा टेकेर फेरि पलाउने वरदान एमालेलाई जनताबाट प्राप्त भएको छ।


यो विध्वंसको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले भन्नु भएको छ – यसरी आगजनी गर्ने कोही पनि नेपाली होइनन्। उहाँले भने जस्तै हाम्रो निष्कर्ष पनि त्यही हो। हामी दृढताका साथ बोल्न तयार छौँ। तर अहिलेलाई समीक्षा सहित बिस्तारै अघि बढौँ। जन आस्था बाट