काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य दामोदर अर्यालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र राजनीतिक जीवनबारे विस्तृत धारणा सार्वजनिक गरेका छन्।
उनले ओलीसँगको लामो सहकार्य र नजिकको अनुभवका आधारमा ११ बुँदामा आफ्नो निष्कर्ष प्रस्तुत गरेका छन्।
१) सबभन्दा पहिला त ओलि अत्यन्त बिन्दास थिए भन्ने लाग्छ । मैले उनलाई गम्भीर कहिल्यै देखिन । कि उनि रमाईला कुरा गर्थे, कि उनि अरुको कुरा काटेर आफै रमाउथे ।
२) पार्टीका हरेक नेताहरुको उनले अनौपचारिक नामहरु राखेका थिए । उनि कार्यकर्ताहरुसङ्ग ति नेताहरुको प्रसङ्ग निकाल्दा तिनै नामहरु प्रयोग गर्थे । जस्तै उनले माधव नेपाल " ब्राम्हण" युवराज ज्ञवाली लाई " लेखन्दास" झलनाथलाई "पण्डित" आदि ।
३) आफुलाई मन नपरेको मान्छे उनलाई भेटन पुग्याे भने उनि हल्का, सन्दर्भ बाहिरका र कतिपय अवस्थामा त हावादारी लाग्ने जस्ता कुरा गरेर पठाउथे । त्यस्ता मन नपरेका मान्छेहरुसङ्ग कुरा गर्दा उनि आखा नजुधाई कुरा गर्थे ।
४) उनि आफुलाई मन नपरेका नेतालाई अपमान गर्न कहिल्यै पछि हटदैन थिए । लम्कि र धनगढीमा तत्कालीन महासचिव इस्वर पोख्रेललाई, नेपालगन्ज इएरपोर्टमा यमलाललाई र दैलेख कार्यक्रम जादा बेदुरामलाई उनले गरेको व्यबहार म अहिले पनि सम्झन्छु ।
५) नेपाली राजनीतिमा उनि अत्यन्त असहिष्णु पात्र हो भन्ने लाग्छ । राजनीतिमा उखानटुक्का, गालिगलाैज र घृणाकाे त उनि प्रसारक नै थिए । माधवको नाम लिदा कुल्ला गर्नुपर्छ भन्ने जस्ता अभिव्यक्ति यसको उदाहरण हो ।
६) म उनलाई अत्यन्त बैगुनि नेताको रुपमा बुझ्छु । उनको राजनीतिक जिवनमा उनलाई इमान्दारी पुर्वक सहयोग गर्ने प्रायः सबै नेता कार्यकर्ताहरुलाई उनले धोका दिएका छ्न । यसको पछील्लो उदाहरण बिध्या हुन ।
७) उनि आफ्ना कार्यकर्ताहरुलाइ कहिल्यै पनि नैतिकता र असल चरीत्र निर्माणको कुरा सिकाउदैन थिए । उनि सधै लडने,भिडने र जायज नाजायज जुनसुकै तरिकाले भएपनि जित्ने कुरा मात्र सिकाउथे ।
८) मार्क्सवाद, समाजवाद, क्रान्ति, परिवर्तन र समकालीन पुजीवादका बारेमा उनि प्राय छलफल गर्दैन थिए, बरु गिता,महाभारत,रामायण र अन्य मिथकहरुका बारेमा कुरा गर्न मन पराउथे ।
९) एकचोटी हिडेकाे बाटाे र एकचोटी भेटेकाे मान्छे उनि कहिल्यै भुल्दैन थिए । उनको स्मरण क्षमता बेजोड छ । ७७ जिल्लाका एक स्तरका सबै कार्यकर्ताहरुलाई उनि नामैले चिन्छन । आफ्ना विरोधी त झन धेरै चिन्छन ।
१०) बाहिर जतिसुकै छुच्चाे नेताकाे उपाधी पाएपनि ब्यक्तिगत भेटघाटमा प्राय उनि नम्र नै देखिन्छ्न । उनि कसैलाई हप्काउदैनन, बरु छेडखानी गर्छन ।
११) आफ्ना बारेमा उनलाई अति अभिमान छ । आफ्नो विगतप्रति उनलाई चाहिने भन्दा धेरै गौरव छ । कतिपय अवस्थामा त उनि अत्यन्तै हावादारी र पत्याउनै नसकिने गफ पनि गर्छन ।
(ओलिसङ्गको लामो संगतपछिको मेरो निष्कर्ष)




















