काठमाडौं — कास्कीमा जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ २४ गतेको प्रदर्शनका क्रममा कार्यालयमा आगजनी गरेर नियन्त्रणमा लिइएका बर्दी र हतियार दुरुपयोग भएको थियो। सोही क्रममा एसपी ओलियाको बर्दी लगाएको व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो।

पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।