काठमाडौं — जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीभरिका सुनचाँदी पसलहरूलाई बिना बिल वा बीजकको गरगहना, सुनचाँदी तथा हिराजवारत खरिद नगर्न आग्रह गरेको छ।

प्रहरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि मिति २०८२/०५/२३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा सरकारी कार्यालय, बैंक, व्यापारिक प्रतिष्ठान तथा व्यक्तिगत घर/भवनमा आगजनी, तोडफोड र लुटपाट भएको छ। यस क्रममा बहुमूल्य गरगहना चोरी हुने सम्भावना रहेको भन्दै प्रहरीले बिल बिना यस्तो सामग्री खरिद नगर्न चेतावनी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, “यदि यस्ता सामान प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२ वा नजिकको प्रहरी कार्यालयमा तुरुन्त जानकारी दिनुहोस्।”

प्रहरीले यस किसिमको कार्यमा संलग्न पसललाई कानुन बमोजिम कारबाही हुने पनि स्पष्ट पारेको छ।

यस्तो छ प्रहरीको सूचना