काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट ध्वस्त भएको संसद भवनको अवलोकनका लागि बानेश्वर पुगेका छन्।
सभामुख घिमिरेसँग उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, संसद सचिवालयका महासचिव, सचिवलगायतको टोली पनि अवलोकनमा सहभागी भएको संसदका सचिव हर्कराज राईले जानकारी दिए।
राईका अनुसार विघटित प्रतिनिधि सभाका संसदीय दलका सचेतक र पूर्व सांसदहरू पनि अवलोकनमा पुगेका थिए। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा संसद भवनमा आगजनी, लुटपाट र व्यापक तोडफोड भएको थियो। उक्त भवनमा राष्ट्रिय सभाको बैठक कक्ष पनि रहेको छ। प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा भने अहिले पनि सञ्चालनमा छ।




















