काठमाडौं—जेनजी आन्दोलनपछि मधेस प्रदेशमा संघीयता र शासन व्यवस्थाको विषयमा बहस चलिरहेको छ। प्रदेशसभा सदस्यहरूले संघीयताको रक्षा गर्न सबै दल एकजुट भएर आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।
मुख्यमन्त्री सतिशकुमार सिंहलाई आफ्नै पार्टीले फिर्ता बोलाएपछि उनले प्रदेशसभामा विश्वास मत लिनुपर्ने अवस्था आएको छ। तर सरकार पक्षका केही दल बैठक सञ्चालन गर्न हिचकिचाइरहेका छन्। आगजनीले क्षतिग्रस्त प्रदेशसभा हल व्यवस्थापन चुनौती बनेको छ।
सभामुखले सबै दलसँग सहमति खोज्न शनिबार सर्वदलिय बैठक बोलाएका छन्। दलहरू बैठक सञ्चालनका लागि एकजुट हुने संकेत देखिएको छ।




















