काठमाडौँ — सरकारले दसैँअघि काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न दिने भएको छ। ऊर्जा तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा शनिबार बसेको बैठकले सुरुङमार्गलाई परीक्षणका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

निर्माण कम्पनीले पूर्ण सुरक्षा सुनिश्चित गर्न नसके पनि चाडबाडको चाप व्यवस्थापनका लागि सुरुङ प्रयोगमा ल्याइने र दसैँपछि फेरि बन्द गरिने मन्त्री घिसिङले बताए।

बैठकले नयाँ बसपार्क र राजमार्गमा प्रहरी गस्ती बढाउने, दाउन्ने खण्डमा भारी सवारी रोक्ने, खाद्यान्न तथा आपतकालीन सामग्री ढुवानी सहज गर्ने, नारायणगढ–मुग्लिङ सडकमा पहिरो हटाउने, तातोपानी नाकाको सडक सञ्चालनमा ल्याउने र मौसमअनुसार सूचना जारी गर्ने निर्णय पनि गरेको छ।