काठमाडौँ — अन्तरिम सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई मन्त्री बनाउने भएको छ। पुनलाई विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गर्ने तयारी भएको सरकारी स्रोतले जनाएको छ।
हाल विज्ञान तथा प्रविधिसँगै शिक्षा मन्त्रालय पनि एउटै संरचनामा रहेको छ। पुनलाई विज्ञान तथा प्रविधि मात्र दिने कि शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत दिने भन्ने विषयमा अन्तिम टुंगो लाग्न बाँकी छ। प्रधानमन्त्री सुशीला कार्कीले पुनसँग मन्त्री बन्ने विषयमा छलफल गरिरहेकी छन् र पुन पनि मन्त्री बन्न तयार भएको स्रोतले जनाएको छ।
नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट पुर्याउने पहलका लागि पुनलाई प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्रदान गरिएको थियो।




















