काठमाडौं – गत भदौ २४ गते जेनजी आन्दोलन उग्र बनेपछि नख्खु कारागारबाट भागेका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
काभ्रेको पनौती नगरपालिका–१२ का ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया श्रीमती मनिषा ध्यावा तामाङको हत्या गरेका हुन्। तामाङ जबरजस्ती करणी मुद्दामा पक्राउ परेका थिए र आन्दोलनको बीचमा अन्य कैदीसँगै कारागारबाट फरार भएका थिए।
प्रहरीका अनुसार घटनास्थलमा टोली खटाई अनुसन्धान सुरु गरिएको छ।
भदौ २४ गतेको घटनामा नख्खु कारागारका सबै कैदीबन्दी फरार भएका थिए। सोही कारागारमा सहकारी ठगी प्रकरणमा दोषी देखिएका रास्वपा सभापति रवि लामिछानेसमेत नक्कली कागजात देखाएर बाहिरिएको आरोप छ।
देशभर अहिले पनि करिब साढे १४ हजार कैदी फरार छन् भने आधाभन्दा कम मात्र कारागार फर्किएका छन्।



















