काठमाडौं —प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका जेन–जि आन्दोलनका घाइतेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जेन–जि आन्दोलन हाइज्याक भएको भन्दै सिंहदरबार पुगेका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको हो। उनीहरूले ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि समेत आक्षेप लगाउँदै आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने गतिविधि सह्य नहुने चेतावनी दिएका थिए।
घाइतेहरूले सुदन गुरुङलाई जेन–जि पुस्ताको नेता मान्न नसकिने भन्दै नारा लगाउन थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।




















