काठमाडौं— सरकारले हालै जेनजी आन्दोलनका क्रममा घटेको घटनाको छानबिनका लागि न्यायीक जाँचबुझ आयोग गठन गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरिबहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको हो ।

मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय न्यायीक आयोग गठन भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

यसको कार्यावधि ३ महिना रहेको समेत उनले बताए ।

त्यस्तै कार्की नेतृत्वको समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्

जेनजी आन्दोलनका क्रममा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले व्यापक धरपकड गरेको भन्दै न्यायीक जाँचबुझ आयोग गठन गर्न माग उठिरहेको थियो ।