काठमाडौं—नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशन घोषणा गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भने, “केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न गरेका छौँ। अब म अध्यक्ष होइन, महाधिवेशन आयोजक कमिटीको संयोजक भएको छु।”
माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार महाधिवेशन मंसिर महिनाको अन्तिमसम्म गर्ने तयारी गरिएको छ।




















